ad ad

राजनीति


एमाले नेता बालकृष्ण ढुंगेलबारे कांग्रेसको कटाक्ष : चोरलाई चौतारो, साधुलाई सुली!

एमाले नेता बालकृष्ण ढुंगेलबारे कांग्रेसको कटाक्ष : चोरलाई चौतारो, साधुलाई सुली!

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०७९ आइतबार १७:१२, काठमाडौँ

प्रमुख सत्तारुढ  नेपाली कांग्रेसले एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलमाथि घोषणापत्रबाटै कडा कटाक्ष गरेको छ। 

स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्रमा कांग्रेसले ‘चोरलाई चौतारो, साधुलाई सुली’ शीर्षक राखेर ढुङ्गेलबारे टिप्पणी गरेको हो।

‘संविधान, विस्तृत शान्ति सम्झौता र द्वन्द्व पीडितको भावनाअनुरुप एक दशक लामो द्वन्द्वकालमा जघन्य मानव अधिकार हनन गर्ने पीडकलाई कानूनको दायरामा ल्याएर संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार पीडितलाई न्याय दिनु सरकारको कर्तब्य थियो,’ घोषणापत्रमा भनिएको छ, ‘तर सर्वोच्च अदालतको फैसलाअनुरुप हत्यारा प्रमाणित भएर सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिएर सरकारले विधिको शासन, संक्रमणकालीन न्याय र सर्वोच्च अदालतलाई समेत चुनौती दिएको थियो।’

विधिको शासन, सुशासन र मानव अधिकारको दृष्टिले सबैभन्दा ठूलो ‘उपहास’ भएको कांग्रेसको निश्कर्ष छ।

‘तिनै ढुङ्गेललाई अहिले नेकपा (एमाले) ले पोलिटब्युरो सदस्य बनाएको छ। विधिको शासन, सुशासन र मानव अधिकारको दृष्टिले यो भन्दा ठूलो उपहास अरु के हुनसक्छ?,’ कांग्रेसले प्रश्न गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .