ad ad

राजनीति


सोमबार चार जिल्ला पुगेका ओली मंगलबार ६ वटा सभालाई सम्बोधन गर्दै

सोमबार चार जिल्ला पुगेका ओली मंगलबार ६ वटा सभालाई सम्बोधन गर्दै

ललितपुरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
बैशाख २७, २०७९ मंगलबार ९:४२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार तीन जिल्लाका ६ स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन्। 

सोमबार काठमाडौंको कीर्तिपुर, ललितपुर र पोखराको चुनावी सभालाई सम्बोधन गरेका ओली साँझ जहाजबाट गृहजिल्ला झापा पुगिसकेका छन्। 

चुनाव प्रचारको अन्तिम दिन मंगलबार ओलीले मोरङ, झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्ने कार्यतालिका निर्धारण भएको छ।

सोमबार साँझ गृहनगर दमकमा पुगेका ओलीले मंगलबार बिहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

ओलीले त्यसपछि गृहजिल्ला झापाको गौरीगन्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

अध्यक्ष ओलीका सांसद प्रतिनिधि एवम् एमाले प्रदेश नं १ कमिटीका सदस्य होमबहादुर थापाका अनुसार मोरङ र झापाका चुनावी कार्यक्रमलाई सम्बोधन गरेर ओली मंगलबारै अपरान्ह काठमाडौं फिर्नेछन्। 

भद्रपुर हुँदै काठमाडौं फर्किएर ओलीले भृकुटीमण्डपमा हुने चुनावी कार्यक्रमलाई अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीले सोमबार बिहान ९ बजे कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गरेका थिए। त्यसपछि मध्यान्ह १२ बजे उनी पोखरामा भएको चुनावी सभामा सम्बोधन गर्न पुगेका थिए।

त्यसपछि पोखराबाट फिरेका ओलीले अपरान्ह ४ बजे ललितपुरको जावलाखेलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर साँझ पौने ७ बजे झापा पुगेका थिए।

त्यहाँ पुगेर पनि उनले बिर्तामोड र दमकमा राजनीतिक भेटघाट गरेका थिए। त्यसपछि उनले झापामै राति पौने १ बजे स्थानीय टेलिभिजनलाई अन्तर्वार्ता पनि दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .