ad ad

राजनीति


दमकमा कांग्रेसको सातोपुत्लो गएछ, हलो बोकेर हिँडेको छ : केपी ओली

दमकमा कांग्रेसको सातोपुत्लो गएछ, हलो बोकेर हिँडेको छ : केपी ओली

झापाको गौरीगञ्जमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १४:२७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहनगर दमकमा कांग्रेसको सातोपुत्लो गएको दाबी गरेका छन्। 

गृहजिल्ला झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

एमालेसँग एक्लै भिड्न नसकेपछि कांग्रेसको सातो गएको ओलीले बताएका छन्। 

‘एमाले तपाईंका बीचमा न्याय माग्न आएको छ, यतिबेला न्याय वैशाख ३० गते दिनुपर्छ,’ ओलीले भने।

एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनेको ओलीले टिप्पणी गरे। 

‘एमालेसँग पाँच दलले बोक्न नसक्ने भएपछि हलो पनि बोकेर हिँडेका छन्,’ ओलीले भने, ‘दमकमा त सातोपुत्लो नै गएछ। दमकका कांग्रेसहरुले हलो बोकेर हिँड्नपरेको छ।’

ओलीले झापाको विकासको जिम्मा आफैंले लिने पनि बताएका छन्। 

‘भोट हाल्ने जिम्मा तपाईंको, विकासको जिम्मा मेरो। म तपाईंहरुको अनुहार यस्तोलाई भोट दिएछु भनेर घोसेमुन्टो लगाउने बनाउँदिन,’ ओलीले प्रतिवद्ध हुँदै भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .