ad ad

राजनीति


गठबन्धनका नेताप्रति ओलीको कटाक्षः विदेश गएर पाउरोटीमा बटर दलेर खाए आए, के सिके?

गठबन्धनका नेताप्रति ओलीको कटाक्षः विदेश गएर पाउरोटीमा बटर दलेर खाए आए, के सिके?

भृकु्टीमण्डपको चुनावीसभामा केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १९:१२, काठमाडौँ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका नेताहरु विदेश भ्रमणमा गएर ‘पाउरोटीमा बटर दलेर खान’ बाहेक केही नसिकेको टिप्पणी गरेका छन्।

राजधानीको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

सत्ता गठबन्धनका नेताहरुले विकासबारे केही नसिकेको बताउँदै उनले यस्तो कटाक्ष गरेका हुन्। 

‘चौडा बाटो किन गर्ने भन्छन्? यिनीहरुले अनेकौं देश पैसा खर्च गरी गरी भ्रमण गरेका छन्,’ उनले भने, ‘के सिकेर आएछन् भन्दा पाउरोटीमा बटर दलेर खाए आए! नेपाल आइपुग्दा दालभातको न्यास्रो लाग्या'थ्यो खान पाइयो भने। त्यति हो।’

पैसा खर्च गरेर विदेश भ्रमणमा जाँदा आधुनिक विकासको बारेमा केही नबुझेको उनले बताए। 

‘के सिकेछन् त? यिनीहरुले आधुनिक विकासबारे के बुझे। हामीले हाम्रो समुन्द्र हो भन्दा जिस्काए, हाम्रो अन्तरिक्ष हो भन्दा जिस्काए,’ ओलीले भने, ‘अन्तरिक्षमा हामी स्याटेलाइट पठाउँछौं भन्दा जिस्काए। हामीले पठायौं। नाकान्दी हुँदा टाउको झुकाएर खुई गरेर बसे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .