ad ad

राजनीति


बागी उम्मेदवारसहित १५ जना माओवादीबाट निस्कासित

बागी उम्मेदवारसहित १५ जना माओवादीबाट निस्कासित

नेपालखबर
बैशाख २८, २०७९ बुधबार ६:४२, सिरहा

सिरहाको कर्जन्हा नगरपालिको मेयर पदमा बागी उम्मेदवारी दिएका युगेश्वर राउतसहित १५ जनालाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निस्कासित गरेको छ। 

पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले उनीहरुलाई कारबाही गरेको हो।

कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रले निवर्तमान मेयर गंगा पासवानलाई फेरि मेयरको उम्मेदवार बनाएपछि माओवादीका युगेश्वरप्रसाद राउतले बागी उम्मेदवारी दिएका थिए।

बागी उम्मेदवार राउतलाई सहयोग गरेको भन्दै माओवादीले जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर, मेयरका बागी उम्मेदवार राउत, कार्यकर्ताहरु रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको माओवादी मधेस प्रदेश इन्चार्ज गणेश साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यसअघि माओवादीले सिराहाको गोलबजार नगरपालिकामा मेयरका बागी उम्मेदवार रामचन्द्र महतो, उपमेयरकी उम्मेदवार बास्ना मोक्तान, वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार कमल स्याङ्वो, प्रदेश सदस्य प्रवेश लामासहित ६ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .