ad ad

राजनीति


ओलीको गृहनगर दमकमा गठबन्धनबाट प्रमुखका प्रत्यासी थापा अस्पताल भर्ना

ओलीको गृहनगर दमकमा गठबन्धनबाट प्रमुखका प्रत्यासी थापा अस्पताल भर्ना

सुमन पुरी
बैशाख २९, २०७९ बिहिबार १५:२५, विराटनगर

नेकपा (एमाले) अध्यक्ष केपी ओलीको गृह नगर दमकमा गठबन्धनका तर्फबाट प्रमुखका प्रत्यासी राम थापा अस्पताल भर्ना भएका छन्। 

राप्रपाबाट प्रमुखको प्रत्यासी रहेका राम थापा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका हुन्। 

उनी कांग्रेस, माओवादी, राप्रपा सहितका दलहरूको तर्फबाट गठबन्धन गरी झापाको दमकमा प्रमुखको उम्मेदवार बनेका छन्। उनको बिहीबार बिहान स्वास्थ्यमा समस्या आएको थियो। 

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई दमक स्थित आम्दा अस्पतालमा भर्ना गरिएको थियो। 

आम्दामा उपचार सम्भव नभएपछि उनलाई घोपा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ।

उनको अपरेसन गर्ने तयारी हुँदै गरेको डाक्टर नेपालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .