ad ad

राजनीति


बझाङमा एमाले र गठबन्धनबीच झडप, मतपेटिका फुटाइयो

तीन राउण्ड हवाई फायर
बझाङमा एमाले र गठबन्धनबीच झडप, मतपेटिका फुटाइयो

मतदानका लागि लाइनमा लागेका मतदाताहरु


नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १२:४५, कञ्चनपुर

बझाङको जयपृथ्वी नगरपालिका ७ अन्तर्गत मतदानस्थल सुनिपिपल चौर माध्यमिक विद्यालयमा मतपेटिका फुटाइएको छ। 

नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडपका क्रममा मतपेटिका फुटाइएको हो। 

झडपपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ।
 

यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि 'ख' केन्द्रमा पनि झडप भएको छ। 

मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको स्थानीय शोभा भण्डारीले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .