स्थानीय तह निर्वाचनमा मतदान गर्न गृहजिल्ला पुगेका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध प्रदर्शन गरिएको छ।
मतदानका लागि सुनसरीको बराह नगरपालिका वडा नम्बर १० भगवती निम्न माध्यमिक विद्यालय मतदान स्थल पुगेका बेला उनीविरुद्ध प्रदर्शन गरिएको हो।
सरकारका प्रवक्ता समेत रहेका कार्की मतदान गर्न विद्यालय परिसर पुग्दा नारा जुलुस गरेर मतदान गर्न केही समय अवरोध गरिएको थियो।
उनीविरुद्ध अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौतासँग जोडेर नारा लगाइएको बताइएको छ।
मतदान केन्द्रमा रहेका स्थानीयले एमसीसीसँगै देश बेचेको भन्दै विरोध गरेका थिए।
स्थानीयले विरोध गरेपछि मन्त्री कार्कीले हात उठाएर सबैलाई शान्त हुन आग्रह गरेका थिए।
केहीबेरको अवरोध पछि उनले त्यही केन्द्रबाट मतदान गरेका छन्।
Shares
प्रतिक्रिया