ad ad

राजनीति


बालेनको सपना भित्री नेवारी बस्तीको मतपेटिकामा

बालेनको सपना भित्री नेवारी बस्तीको मतपेटिकामा

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १६:२८, काठमाडौँ

स्थानीय तह निर्वाचन घोषणा भएसँगै चर्चामा आएका पात्र हुन्-बालेन शाह। 

र्‍यापबाट एक वृत्तमा चर्चा कमाएका बालेनले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे। 

आफ्ना एजेण्डा बोकेर उनले घरदैलो थालेका थिए। शनिबार बिहानबाट सुरु भएको मत गणनाको सुरुवाती परिणामअनुसार उनको अग्रता देखियो। 

काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाम अनुसार उनको अग्रता कायम नै रहेको छ। 

बालेनले उम्मेदवारी घोषणा गरेदेखि नै उनको समर्थनमा उभिएका समर्थक मतगणना स्थलमा पनि पुगेको छन्। उनको अग्रतामा खुसीयाली मनाउँदै नाराबाजी समेत गरिरहेका छन्। 

तर काठमाडौंको भित्री नेवारी बस्तीको मतगणना सुरु भएको छैन। 

काठमाडौंका भित्री नेवारी बस्ती टेकु, कालिमाटी, डल्लु, क्षेत्रपाटी लगायत क्षेत्रमा चुनावी प्रचारका क्रममा मेयरका अर्का उम्मेदवार सुमन सायमीको लोकप्रियता देखिएको थियो। यो क्षेत्रको मत गणना सुरु भएकै छैन। 

यस्तै नरदेवी, भीमसेनस्थान, ज्यावहाल, टेबहाल, मखन टोल, नजवहाल, महाबौद्ध लगायतका स्थानको मत परिणामले पनि बालेनको स्थान निर्धारण गर्ने छ। 

यी क्षेत्रमा केशव स्थापित र सिर्जना सिंहले बढी मत प्राप्त गरेको खण्डमा मतपरिणाम बालेन अनुकुल नहुन सक्ने बताइन्छ। यी स्थानमा सुमन सायमीले बढी मत ल्याएको खण्डमा भने बालेनका लागि फाइदाजनक रहनेछ।  

माथि उल्लिखित नेवारी भित्री बस्तीका समुदायका सहरका बाहिरी भागमा बसोबास गरिसकेका र सहरी भागमा बालेनको राम्रो प्रभाव देखिएको छ। 

सहरका भित्री बस्तीका धेरै स्थानमा काठमाडौं बाहिरबाट आएका मानिसहरु भाडामा बसोबास गर्ने संख्या धेरै रहेकाले यस पटकको काठमाडौं महानगरको मत परिणाम अनपेक्षित आउन सक्ने आकलन गरिएको छ। 

जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौं महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

 काठमाडौं महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .