ad ad

राजनीति


चार घण्टापछि भरतपुरमा रेनुको अग्रता, जगन्नाथलाई ४१ मत, ८ प्रतिशत बदर

चार घण्टापछि भरतपुरमा रेनुको अग्रता, जगन्नाथलाई ४१ मत, ८ प्रतिशत बदर

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:२४, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनकी रेनु दाहालले अग्रता लिएकी छन्। 

अहिलेसम्म ३ सय ५० मतगणना गर्दा रेनुले १३३ मत ल्याएकी छन्। एमालेका विजय सुवेदीले १२७ मत पाएका छन्।

कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ।

भरतपुर महानगरको २९ वडा बाट  १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत खसेको छ।

पौडेलले पनि मत काट्दै गएपछि गठबन्धनमाथि दबाब परेको छ। उनले सत्ता गठबन्धनको कम्तीमा १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ।

मतगणना धेरै ढिलाइ भइरहेको गणनास्थलमा खटिएका एकजना प्रतिनिधिले नेपालखबरलाई बताएका छन्। 

गणना सुरु भएको पाँच घण्टामा केबल ३ सय मत मात्रै गन्न सम्भव भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .