ad ad

राजनीति


देउवाको गृहगाउँपालिका गन्यापधुरामा कांग्रेस विजयी

देउवाको गृहगाउँपालिका गन्यापधुरामा कांग्रेस विजयी

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:४८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउवा विजयी भएका हुन्।

नेपाली कांग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीलाई पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन्।

सहायक निर्वाचन अधिकृत दिलिप तामाङका अनुसार कार्कीले ३ हजार १८४ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी मालीले १ हजार ६०५ मत ल्याएका छन्। 

नेकपा एमालेका इन्द्रबहादुर महरालाई पराजित गर्दै कांग्रेसकी सेठी उपाध्यक्षमा विजयी भएकी हुन्। उनले ३ हजार १३ मत ल्याउँदा महराले १ हजार ७०३ मत पाएका छन्। 

गन्यापधुरा वडा नम्बर १ मा कांग्रेस बीपीका नरेश भण्डारी, २ मा कांग्रेसका मनोज  देउवा, ३ मा चक्रबहादुर देउवा, ४ मा नरेश भट्ट र ५ मा चन्द्रप्रकाश रोस्यारा वडाध्यक्षमा विजयी भएका तामाङले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .