ad ad

राजनीति


हलेसीमा एमाले–माओवादीको गठबन्धनलाई अग्रता

हलेसीमा एमाले–माओवादीको गठबन्धनलाई अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:५८, काठमाडौँ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एमाले–माओवादीको गठबन्धनले अग्रता लिएको छ। 

यो नगरपालिकामा एमाले र माओवादीले गठबन्धन गरेका थिए। कांग्रेस एक्लै भिडेको थियो। 

प्रमुखमा एमालेका खडेन्द्र राईले १०९ मत पाएका छन्। नेपाली कांग्रेसकी बिमला राईले ७७ मत पाएकी छन्। 

खडेन्द्र २०७४ को निर्वाचनमा पराजित भएका थिए भने विमला उपप्रमुखमा निर्वाचित भएकी थिइन्। 

उपप्रमुखमा एमालेले माओवादीलाई सहयोग गरेको हो। उपप्रमुखमा माओवादीका अमेम्बर राईले ९४ र कांग्रेसका रमेश राउतले ७८ मत पाएका छन्। 

जिल्लाका केही पालिकामा कांग्रेस, माओवादी र जसपाबीच गठबन्धन भएपनि केहीमा एक्लाएक्लै उम्मेदवारी दिएका थिए। हलेसीमा भने एमाले र माओवादीले अघोषित गठबन्धन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .