ad ad

राजनीति


विराटनगर : मेयरमा गठबन्धनका नागेश, उपमेयरमा एमालेकी शिल्पाको अग्रता

विराटनगर : मेयरमा गठबन्धनका नागेश, उपमेयरमा एमालेकी शिल्पाको अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार २०:३९, विराटनगर

विराटनगर महानगरपालिकामा सत्ता गठबनधनबाट मेयरका प्रत्यासी नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता कायमै राखेका छन्। 

मतपरिणाम सार्वजनिक भएदेखि नै अगाडि रहेका कोइराला र कार्कीको अग्रता बढ्दै गइरहेको छ।  

अहिलेसम्म ३१०० मत गनिएको छ। जसमा  कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न्। 

यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको मत २७७ छ।

महानगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीले ८५३पाएकी छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत र मा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेको मत १६८ छ।

१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो। अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइहरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .