ad ad

राजनीति


थाके कर्मचारी, काठमाडौंमा तीन ठाउँको मतगणना रोकियो

थाके कर्मचारी, काठमाडौंमा तीन ठाउँको मतगणना रोकियो

काठमाडौं महानगरको मत गनिँदै। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
जेठ १, २०७९ आइतबार ५:१७, काठमाडौँ

काठमाडौं महानगरपालिकामा तीनवटा स्थानको मतगणना रोकिएको छ।

शनिबार बिहानदेखि लगातार मत गन्ने काममा संलग्न कर्मचारी थाकेको भन्दै आइतवार सबेरै बिहान पाँचमध्ये तीन स्थानको गणना रोकिएको हो।

महानगरहरुको मतगणना अत्यन्तै सुस्त गतिमा भइरहेको छ। राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा अहिले पाँचवटा ठाउँमा मत गनिँदैछ। 
 

काठमाडौं महानगरको मतगणनामा कर्मचारी अभाव पनि भएको छ। पर्याप्त कर्मचारी नहुँदा अन्य ठाउँबाट मत गन्न पनि नसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आइतवार बिहान साढे २ बजे दिइएको अपडेटअनुसार त्यहाँ ३७२७ मत गनिएको छ। 

त्यसबेलासम्म लौरो लिएर उठेका बालेन साह १२५४ मतसहित अगाडि छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ८७८ मतसहित पछ्याइरहेका छन्। 

यहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहले ७१९ मतसहित तेस्रो स्थान कायम गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .