राजनीति


प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

नेपालखबर
जेठ २, २०७९, साेमबार , काठमाडौँ

प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।  लुम्बिनी भ्रमणमा रहेका प्रधानमन्त्री मोदी र नेपाली समकक्षी देउवाबीच भेटवार्ता भएको हो।

भेटवार्तामा देउवा र मोदीबीच प्रधानमन्त्री देउवाको डेढ महिनाअघि सम्पन्न भारत भ्रमणमा भएका फलदायी छलफलबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यसक्रममा दुवै प्रधानमन्त्रीले नेपाल—भारत सहकार्य र आपसी हितका बिषयमा बृहत् सिंहावलोकन गर्दै दुई देशबीचको निकट र हार्दिक सम्बन्धलाई अझ विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
 

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भेटलाई दुई देशबीचको जारी सहकार्य र बहुआयामिक साझेदारीका नयाँ क्षेत्र विकास गर्ने अवसर भनेका छन्। 

देउवा र मोदीबीच लुम्बिनी नजिकैको होटल पवन प्यालेसमा भेटवार्ता भएको हो।


 

जेठ २, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .