ad ad

राजनीति


लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा कांग्रेस विजयी

लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा कांग्रेस विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १२:५४, काठमाडौँ

लमजुङको सुन्दरबजार नगरपालिकामा कांग्रेसका कृष्ण प्रसाद कोइराला मेयर पदमा विजयी भएका छन्। 

कोइरालाले निकटतम प्रतिद्वन्द्वी प्रतिपक्षी एमालेका भीम बहादुर गुरुङलाई हराएका हुन्। कोइरालाले ६६४१ मत पाए भने गुरुङले ६०३६ मत ल्याए। 

सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार रहेका रामबाबु अधिकारी चाहिँ पराजित भएका छन्। अधिकारीले २२०४ मत ल्याए। उनी सत्तारुढ एकीकृत समाजवादी पार्टीका तर्फबाट मेयर उठेका थिए। 

त्यसैगरी नगरपालिकाको उपमेयरमा एमालेकी भवानी केसी ५०१८ मत पाएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी द्वारिकप्रसाद मिश्रले ४४७५ मत पाए। मिश्र स्वतन्त्र उम्मेदवार थिए। 

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेका जनकराज मिश्र मेयरमा विजयी भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .