सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
एमालेबाट अध्यक्षका उम्मेदवार झम्क नेपाल र शोभना तामाङ इन्द्रावती गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार नेपालले ७ हजार १ सय २७ मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्ष उम्मेदवार तामाङले ६ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन्।
अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका विकास लामाले ६ हजार १ सय ५२ मत पाए भने उपप्रमुखका कांग्रेसकी दया कुमारी मिश्रले ६ हजार ४ सय ६३ मत प्राप्त गरेकी छिन्।
निर्वाचित भएका नेपाल एमालेका निवर्तमान जिल्ला अध्यक्ष समेत हुन्। उनी ०७४ को निर्वाचनमा पनि इन्द्रावती गाउँपालिकाबाटै अध्यक्षका लागि उम्मेदवार थिए। त्यतिबेला कांग्रेस उम्मेदवार वंशलाल तामाङले नेपाललाई पराजित गरेका थिए।
त्यतिबेला वंशलालले ५ हजार ३ सय ६५ मतसहित विजयी हुँदा झम्कले ५ हजार १ सय ६५ मत ल्याएर झिनो मतान्तरसहित पराजित भएका थिए।
कांग्रेसका उम्मेदवार विकास लामा पनि नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति हुन्। ०७४ को निर्वाचनमा लामाकी श्रीमती मीरा लामा यही पालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन्।
Shares
प्रतिक्रिया