ad ad

राजनीति


संसदमा योगेश भट्टराईको प्रश्न : हचुवामा दिइएको २ दिन सार्वजनिक बिदा के का लागि?

संसदमा योगेश भट्टराईको प्रश्न : हचुवामा दिइएको २ दिन सार्वजनिक बिदा के का लागि?

फाइल फोटो


नेपालखबर
जेठ ४, २०७९ बुधबार १४:४, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले दिएको २ दिनको बिदा के का लागि? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद भट्टराईले यो बिदा प्रत्युत्पादक हुने बताए। 

‘सरकारले २ दिनको बिदाको कुरा गरेको छ। त्यो दुई दिनको बिदा के को लागि?,’ उनले प्रश्न गर्दै भने, ‘खाली पेट्रोलियम पदार्थको खपत घटाउने मात्रै हो भने त्यो प्रत्यिुत्पादक हुन्छ। त्यो हचुवाको भरमा ल्याइएको छ।’

२ दिनको सार्वजनिक बिदाबारे वैकल्पिक व्यवस्था नगरी हचुवाको भरमा गरिएको आरोप भट्टराईले लगाए। ‘त्यो २ दिनको बिदाले राष्ट्रिय उत्पादन र श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ? मुलुकको अर्थतन्त्रमा कसरी टेवा दिनसक्छ?,’ भट्टराईले अघि भने, ‘त्यसले देशको पर्यटन उद्योगलाई कसरी अघि लानसक्छ? भन्नेखालका कुराको उचित वैकल्पिक व्यवस्था नगरी हचुवाको भरमा गरिएको छ। यसले कुनैपनि प्रतिफल दिनसक्दैन्।’

नेकपा एमालेले ९ महिनादेखि गरेको संसद अवरोध हिजो(मंगलबार)बाट खोलेको छ। मंगलबारबाट सुरु भएको संसद बैठकमा एमालेले छलफलमा सहभागीता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .