ad ad

राजनीति


स्थानीय चुनाव परिणाम माओवादीलाई उत्साहजनक : वर्षमान

स्थानीय चुनाव परिणाम माओवादीलाई उत्साहजनक : वर्षमान

नेपालखबर
जेठ ४, २०७९ बुधबार १५:२६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन्।

नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन्। उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिए। नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताए। 

उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ। धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे। हामी निर्णायक शक्ति हौँ। हामी स्थापित शक्ति हौँ। हाम्रो एजेण्डा देशमा स्थापित छ। त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ। अपेक्षा यो भन्दा अझ राम्रो थियो। तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरू मिलाउने, आन्तरिक मतभेदहरू मिलाउनेमा हामी सकेनौँ। नत्र यो भन्दा राम्रो हुन्थ्यो।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए। केही ठाउँमा माओवादीलाई मत नहालिएको भएपनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाई छ। गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए। 

उनले भने, ‘कतिपय ठाउँहरुमा नहालेको पनि देखियो। तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ। यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो। यस अर्थमा यसको औचित्य अझैपनि छ।’

अहिले गठबन्धन एक चौथाइ मात्रै भएको भन्दै उनले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .