ad ad

राजनीति


माधव नेपालको गृहनगर गौरको प्रमुख, उपप्रमुखमा समाजवादी विजयी

माधव नेपालको गृहनगर गौरको प्रमुख, उपप्रमुखमा समाजवादी विजयी

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०७९ बुधबार १७:७, काठमाडौँ

रौतहटको गौर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। 

एकीकृत समाजवादीबाट प्रमुखका उम्मेदवार शम्भु साह ६ हजार ३ सय ८१ मतसहित विजयी भएका हुन्। 

नगर प्रमुखका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ मत प्राप्त गरेका छन्। 

कांग्रेसका उम्मेदवार मोहन कुमार यादव ३ हजार २ सय ११ मतसहित तेस्रो र एमालेका उम्मेदवार अनिल कुमार मिश्र ८ सय १७ मतसहित चौथो स्थानमा छन्।

उपप्रमुख पद पनि जितेकी समाजवादीका उम्मेदवार शैल कुमारी साहले ४ हजार ८ सय ९ मत ल्याइन्। 

उनकी प्रतिस्पर्धी कांग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत ल्याएकी छिन्।

यो नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर हो। 

यहाँका ९ वटा वडामध्ये ६ वटामा एकीकृत समाजवादीले जित निकालेको छ। स्वतन्त्र १, कांग्रेस १ र लोसपाले १ वडाअध्यक्ष जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .