ad ad

राजनीति


चितवनको इच्छाकामनामा गठबन्धनलाई हराउँदै एमाले विजयी

चितवनको इच्छाकामनामा गठबन्धनलाई हराउँदै एमाले विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १७:२९, काठमाडौँ

चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।

यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले बाजी मारेको हो। एमालेबाट दानबहादुर गुरुङ अध्यक्ष र उपाध्यक्षमा एमालेकै माया सिलवाल विजयी भएका छन्।

चण्डीभन्ज्याङबासी गुरुङले नेपाली कांग्रेसकी उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो अन्तरले हराएका हुन्। 

दानबहादुरले ६ हजार ११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले चार हजार ६०८ मत ल्याएकी छन्।

उपाध्यक्षमा एमालेकी माया सिलवालले ५ हजार ३४४ मत प्राप्त गरिन्। मुग्लिनकी स्थायी बासिन्दा उनले माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतले हराइन्। प्रतापले ५ हजार ४४ मत ल्याए।

सरकारी विद्यालयका प्रधानाध्यापक दानबहादुर पेन्सन पाक्न चार वर्ष बाँकी रहँदा स्थायी जागिर त्यागेर मेयरमा उठेका थिए। 

उनी एमालेनिकट शिक्षक संगठन चितवनका निवर्तमान जिल्ला अध्यक्ष पनि हुन्। अध्यक्षकी प्रतिस्पर्धी गीताकुमारीले पनि शिक्षा क्षेत्रबाटै राजनीति थालेकी हुन्। 

यो पालिकामा यसअघि कांग्रेसले जितेको थियो। गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादीमा विजयी हुँदा २, ३, ४ र ५, ६ मा एमालेले जितेको छ। वडा नम्बर ७ कांग्रेसको पक्षमा गयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .