दाङको गढुवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यम नारायण शर्मा पोखरेल विजयी भएका छन्।
बुधबार बेलुका सार्वजनिक मतपरिणाम अनुसार पोखरेलले नेपाली कांग्रेसका सर्वजीत डिसीलाई पराजित गरेर अध्यक्ष जितेका हुन्।
पोखरेलले ६ हजार ९ सय ९ मत ल्याउँदा डिसीले ६ हजार १ सय ६७ मत पाए ।
यसैगरी उपाध्यक्षमा भने नेपाली कांग्रेसकी शारदाकुमारी चौधरी ५८४१ मत ल्याएर विजयी भएकी छन्।
उनले एमालेकी सीताकुमारी चौधरीलाई पराजित गरिन्।
७ वडा रहेको पालिकामा माओवादीले २,३, ४ र ६ नम्बर वडा पनि जितेको छ। बाँकी २ वटा एमाले र २ वटा कांग्रेसले जितेको छ।
सो पालिका जितेसँगै माओवादी केन्द्रले स्थानीय तहमा एकसय तह जितेको छ।
327
Shares
प्रतिक्रिया