ad ad

राजनीति


गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १३:१८, काठमाडौँ

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको गणतन्त्र दिवस २०७९ मुल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो। 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। 

जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाइ साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ। 

१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए। 

१५ गते साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने कार्यक्रम तय भएको छ। 

१६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशबासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ। 

त्यस्तै विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फह¥याउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतिय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरूमा पठाउने छन्। 

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय÷निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फह¥याएर १४, १५ र १६ जेठमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको सचिव पाण्डेले जानकारी दिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिका निकायका प्रमुखहरू, प्रधान सेनापति विशिष्ठ श्रेणीका राजपत्रांकित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखलागयत रहनेगरी मूल समारोह समिति गठन गरिएको छ। समितिको सदस्य सचिवमा गृहसचिव टेकनारायण पाण्डे छन्। 

मुल समारोह समितिबाट प्रचार प्रसार, मञ्च सजावट तथा व्यवस्थापन, ग्राउण्ड कवाज एवं व्यायाम व्यवस्थापन उपसमिति पनि बनाइएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .