ad ad

राजनीति


६ दिनअघि नै विजयी माओवादी उम्मेदवारले गोलाप्रथाबाट पनि जिते

६ दिनअघि नै विजयी माओवादी उम्मेदवारले गोलाप्रथाबाट पनि जिते

६ दिनअघि विजयी माओवादी उम्मेदवार गोलाप्रथाबाट पनि विजयी। तस्बिर : नेपालखबर


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १८:४१, काठमाडौँ

भेटिएको मतपेटिका खोलेर मतगणना गर्दा बराबरी भएपछि गोलाप्रथा गर्दा पनि यसअघि विजयी घोषित माओवादी उम्मेदवारले नै बाजी मारेका छन्। 

बर्दिवास नगरपालिका वडा नम्बर ८ मा गन्दा गन्दै छुटेको बाकसको मतगणना सकिएर बराबरी भएपछि गोलाप्रथा गर्दा ६ दिनअघि नै विजयी घोषित माओवादी उम्मेदवारले बाजी मारेका हुन्।  

भेटिएको मतपेटिका खोलेर गन्दा माओवादी उम्मेदवार शमशेर सिंह र एमाले उम्मेदवार रुद्रबहादुर किङ्गरिग मगर बराबरी ७६७ मत ल्याएका थिए।

त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले गरेको गोलाप्रथाबाट माओवादीका शमशेर सिंह नै विजयी भएका हुन्। 

माओवादी केन्द्रका उम्मेदवार सिंहले जितेको ६ दिनपछि बिहीबार भेटिएको मत गन्दा बराबरी भएको थियो। 

तर उक्त मतपेटिकाको मत गन्दा जितिसकेका माओवादी उम्मेदवार र पराजित भएका एमाले उम्मेदवारको मत बराबरी भएको थियो। 

वैशाख ३१ मा विजयी माओवादीका लामाले ७५१ मत पाएका थिए भने एमालेका मगरले ७४४ मत पाएका थिए। 

बर्दिबास नगरपालिकाको  कभर्ड हलमा भेटिएको मतपेटिका खोल्दा जितिसकेका माओवादी केन्द्रका शमशेर सिंह र पराजित भइसकेका एमालेका रुद्रबहादुर किङ्गरिग मगरले बराबरी ७६७ मत ल्याए।

जितिसकेका माओवादी उम्मेदवार र पराजित भइसकेका एमाले उम्मेदवारको मत बराबरी भएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गरेको थियो।

सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकिएको बर्दिबास ८ को एउटा मतपेटिकाले जितिसकेका माओवादी उम्मेदवारलाई तनाव दिएको थियो। तर अब गोलाप्रथाबाट पनि माओवादीकै भाग्य खुलेको हो। 

गत वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो। त्यसबेला निर्वाचन अधिकृतले बर्दिबास-८ मा माओवादी उम्मेदवार शमशेरसिंह लामा एमालेका रुद्रबहादुर किङ्गरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए। 

विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलीय बैठक बसेर गनिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .