नेकपा एमाले उम्मेदवार केशव स्थापितले भने जस्तै काठमाडौंको ‘कोर एरिया’ पस्दै गर्दा तेब्बर मतले अग्रता बनाएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन्।
रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा ३ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन्।
उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन्। अर्कातिर आँखीझ्यालका सुमन साय्मीले ३१ भोट ल्याएका छन्।
29.8k
Shares
प्रतिक्रिया