ad ad

राजनीति


केपी ओलीको वडामा पुगेपछि दमक एमालेलाई अग्रता

केपी ओलीको वडामा पुगेपछि दमक एमालेलाई अग्रता

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १९:२५, काठमाडौँ

दमक नगरपालिकामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर रहेको वडा नम्बर ५ को मतगणना सुरु भएको छ। 

यहाँ एमालेलाई पछि पार्दै अग्रता लिइरहेका गठबन्धनका राम थापा र रेगिना भट्टराईको मत यो वडामा आइपुगेपछि ह्वात्तै घट्न थालेको छ। 

वडा नम्बर ५ को प्रारम्भिक मत गणनाअनुसार एमालेकी मेयर उम्मेदवार गीता अधिकारीले ३६९ मत पाउँदा राप्रपाका राम थापाले २३१ मत पाएका छन्। 

त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार अम्बिका प्रसाद खनालले ३२३ मत पाउँदा कांग्रेसकी रेगिना उप्रेतीले २६५ मत पाएकी छन्। 

वडा अध्यक्ष र सदस्यको गणनामा पनि एमालेले नै अग्रता लिएको छ। एमालेका वडाध्यक्षले ४०१ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०८ मत पाएका छन्। 

१० वटा वडा रहेको नगरपालिकामा अब केपी ओलीको गृह वडापछि ६ नम्बर वडाको मत गणना हुनेछ । अन्य वडाहरूको मतगणना भइसकेको छ।

हालसम्म ८ वटा वडाको मत गणना हुँदा राप्रपाका राम थापाले १४ हजार ५७० मत पाएका छन् भने एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत पाएकी छन्। 

त्यस्तै उपमेयरमा एमालेले १३ हजार ५३६ मत पाउँदा कांग्रेसले १३ हजार ९३१ मत पाएको छ।

वडा नम्बर ५ को गणनाबाट मतान्तर घट्ने देखिएको छ। वडा नम्बर ६ मा पुग्दा कसले जित्छ भन्ने टुंगो लाग्ने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .