ad ad

राजनीति


बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाऊँ : विश्वप्रकाश शर्मा

बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाऊँ : विश्वप्रकाश शर्मा

नेपालखबर
जेठ ७, २०७९ शनिबार १५:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाउनुपर्ने बताएका छन्। 

सुन्दरी प्रतियोगितामा सहभागी हुने क्रममा आफूमाथि बलात्कार भएको घटना एकजना किशोरीले ८ वर्षपछि सार्वजनिक गरेसँगै महामन्त्री शर्माले यस्तो बताएका हुन्। 

कानुनका लागि न्यायलाई बलि दिन नहुने धारणा पनि शर्माले राखेका छन्। 'कानुनका लागि न्यायलाई बलि दिने कि न्यायका लागि कानुन बदल्ने? द्विविधाको प्रश्नै छैन', उनले भने, 'बलात्कार जस्तो जघन्य अपराधमा कारवाही गर्न हदम्यादको कानुनी जटिलता बिनाअलमल बदल्नु पर्छ।' 

शर्माले किशोरीमाथि आठ वर्षअघि भएको भनिएको बलात्कारको घटनामा राज्यले सुरु गरेको अनुसन्धानले अन्यायको अनुभूति दिन नहुने बताएका छन्। 

'राज्यले शुरु गरेको अनुसन्धानले न्यायको आवाजलाई अन्यायको अनुभूति हुन किमार्थ दिनु हुन्न', उनले भनेका छन्, 'जनताले आवश्यक पर्दा राज्यको सत्ता र संविधान पनि बदलेका छन्। जनताका लागि पर्दा राज्यको सोच र कानुन बदलिनु पर्छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .