ad ad

राजनीति


प्रदेश १ का जिल्ला समन्वय समिति : एमाले १० बाट ३ जिल्लामा खुम्चियाे

प्रदेश १ का जिल्ला समन्वय समिति : एमाले १० बाट ३ जिल्लामा खुम्चियाे

फाइल स्केच


सुमन पुरी
जेठ १०, २०७९ मंगलबार १४:३९, विराटनगर

अघिल्लो पटक प्रदेशका १० वटा जिल्लाको समन्वय समितिको नेतृत्व गरेको एमाले तीनवटामा खुम्चिएको छ। 

प्रदेश १ का १४ जिल्ला समन्वय समितिमध्ये धनकुटा, मोरङ र झापामा भने एमाले एक्लैले समन्वय समितिको प्रमुख र उपप्रमुख बनाउन सक्ने बहुमत पुर्‍याएको छ

०७४ को स्थानीय तहको निर्वाचन पछि एमालेले १० वटा जिल्लामा समन्वय समितिको प्रमुख र उपप्रमुख एक्लैले जितेको थियो। 

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन्। 

यस पटक कांग्रेसले  सुनसरी र सोलुखुम्बुमा एक्लै जिसस गठन गर्ने मत पुर्‍याएको छ। 

बाँकी जिल्लामा सत्तारुढ गठबन्धन कायम रहेको अवस्थामा जिससमा एमालेको प्रतिनिधित्व हुने छैन। इलाममा भने गठबन्धन र एमालेको बराबरी मत हुने अवस्था छ।

प्राप्त मतपरिणामअनुसार जिसस गठनका लागि मोरङमा ३४ मतमध्ये एमाले एक्लैसँग मत छ। मोरङमा १७ वटा स्थानीय तह रहेका छन्। 

मोरङमा एमालेले ९ प्रमुख र १२ तहको उपप्रमुख जितेको छ। मोरङमा कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख जितेको छ। यहाँ माओवादी केन्द्रले १ उप प्रमुख जितेको छ।  

झापामा १५ स्थानीय तहमध्ये एमालेले ७ प्रमुख र १० उपप्रमुख जितेको छ। १७ पद जितेको एमालेले झापामा जिसस गठनका लागि बहुमत जुटाएको छ।

झापामा कांग्रेसले ६ तहको प्रमुख र ३ तहको उपप्रमुख जितेको छ भने २ प्रमुख र २ उपप्रमुख राप्रपाले जितेको छ।

धनकुटाका ७ स्थानीय तहमा जिससको लागि १४ मतदाता छन्। जसमा ३ प्रमुख र ६ उपप्रमुखसहित एमालेसँग एक्लै ९ मत छ।

कांग्रेसका ४ प्रमुख र माओवादीको १ उप्रमुख रहेको धनकुटामा एमालेसँग बहुमत रहेकोले एकल जिसस गठन हुनेछ।

दुई जिल्लामा कांग्रेसको बहुमत 
जिल्ला समन्वय समिति गठन गर्न सुनसरी र सोलुखुम्बुमा कांग्रेसको बहुमत पुगेको छ।

सुनसरीका १२ स्थानीय तहमा जिसस गठनको लागि आवश्यक बहुमत कांग्रेस एक्लैसँग १३ मत छ  । 

सुनसरीमा कांग्रेसले ७ प्रमुख र ६ उपप्रमुख जितेको छ। सुनसरीमा एमालेले ३ प्रमुख र ५ उपप्रमुख जितेको छ। 

सुनसरीमा स्वतन्त्रले एक प्रमुख, माओवादीले १ उपप्रमुख, जसपाले १ प्रमुख पद जितेका छन्। 

सोलुखुम्बुमा काँग्रेसले ५ प्रमुख र ५ उपप्रमुख जितेको छ। सोलुमा ८ स्थानीय तह रहेका छन्। सोलुमा जिसस गठन गर्न ९ मत आवश्यक पर्छ। 

सोलुमा एमालेले २ प्रमुख र १ उपप्रमुख तथा माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुख जितेको छ।

समन्वय समिति बाँडफाँट 
इलामको १० स्थानीय तहमध्ये एमालेले ५ प्रमुख र ५ उपप्रमुख जितेको छ। उसका लागि बहुमतको पुर्‍याउन  १ मत कम छ।

कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख, एकीकृत समाजवादीले १ प्रमुख र १ उपप्रमुख तथा जसपाले १ उपप्रमुख जितेकोले गठबन्धनका सबै दल मिल्दा एमालेसँग बराबरी मत हुनेछ। यस्तो अवस्थामा जिसस गठन गर्न गठबन्धन गर्नु पर्ने देखिन्छ। 

भोजपुरमा ९ स्थानीय तह रहेकोमा कांग्रेसले ३ प्रमुख र ३ उपप्रमुख, माओवादीले २ प्रमुख र ३ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख तथा स्वतन्त्रले १ प्रमुख जितेका छन्। 

ताप्लेजुङ ९ स्थानीय तह मध्ये कांग्रेसले ४ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख, माओवादीले २ प्रमुख र ३ उपप्रमुख तथा एकीकृत समाजवादीले १ उपप्रमुख जितेको छ। समन्वय समितिको १८ मतमध्ये एमालेसँग ६ र गठबन्धनसँग १२ मत छ। 

यसैगरी तेह्रथुममा कांग्रेसले ३ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र २ उपप्रमुख र माओवादीले २ उपप्रमुख जितेको छ। समन्वय समितिको १२ मतमध्ये एमालेसँग ५ र गठबन्धनसँग ७ मत छ। 

खोटाङका १० स्थानीय तहमध्ये कांग्रेसले ६ प्रमुख र ४ उपप्रमुख, एमालेले २ प्रमुख र २ उपप्रमुख, माओवादीले २ प्रमुख र २ उपप्रमुख तथा जसपा र एकीकृत समाजवादीले १/१ उपप्रमुख जितेका छन्। 

उदयपुरका ८ स्थानीय तहमध्ये २ तहको परिणाम आउन बाँकी रहेको छ। जसमा कांग्रेसले १ प्रमुख र ४ उपप्रमुख, एमालेले १ प्रमुख र २ उपप्रमुख, माओवादीले ३ प्रमुख र एकीकृत समाजवादीले १ प्रमुख जितेका छन्।

संखुवासभाका १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ६ प्रमुख र ३ उपप्रमुख, एमालेले ४ प्रमुख र ४ उपप्रमुख, माओवादीले १ उपप्रमुख र एकीकृत समाजवादीले २ उपप्रमुख जितेको छ।

पाँचथरका ८ स्थानीय तहमध्ये एमालेले १ प्रमुख र २ उपप्रमुख मात्र जितेको छ। जिल्लामा कांग्रेसले ६ प्रमुख र १ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र ५ उपप्रमुख जितेका छन्।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब उदयपुरको कटारी र त्रियुगाबाहेक सबै स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम आइसकेको छ। 

२०७४ सालमा एमालेले प्रदेशका १० वटा जिल्ला समन्वय समितिको प्रमुख र १० वटाको उप्रमुख एक्लै जितेको थियो भने ४ वटामा माओवादीलाई प्रमुख दिएर उपप्रमुख जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .