राजनीति


काठमाडौंको मेयरमा ५२ र उपमेयरमा २७ जनाको जमानत जफत

उपमेयरमा आँखीझ्याल चुनाव चिन्ह पाएकी श्रेष्ठले पनि जोगाइन् जमानत
काठमाडौंको मेयरमा ५२ र उपमेयरमा २७ जनाको जमानत जफत

नेपालखबर
जेठ १३ , काठमाडौँ

काठमाडौंमा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका ५२ जनाको जमानत जफत भएको छ। काठमाडौंको प्रमुख पदमा बालेन साह, सिर्जना सिंह र केशव स्थापित बाहेकका सबै उम्मेदवारको जमानत जफत भएको हो। 

साह स्वतन्त्र, सिंह कांग्रेस र स्थापित एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। काठमाडौंको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

काठमाडौंमा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो। त्यसमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कानुनी प्रावधान अनुसार कुनै पनि उम्मेदवारको जमानत जोगिनका लागि जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनपर्ने हुन्छ। 

प्रमुख पदमा खसेकोमध्ये १ लाख ५९ हजार ९ सय ६ मत सदर भएको आयोगले जनाएको छ। मेयरमा निर्वाचित भएका साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। सिंहले ३८ हजार ३४१ मत र स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गरेका छन्।

सदर मतको साहले ३८.६३ प्रतिशत, सिंहले २३.९८ प्रतिशत र स्थापितले २३.८४ मत ल्याएर जमानत जोगाउन सफल भएका हुन्।

उपमेयरमा २७ जनाको जमानत जफत
उपमेयरमा उम्मेदवारी दिएका ३० जनामध्ये २७ जनाको जमानत जफत भएको छ। उपमेयरमा खसेका मतमध्ये १ लाख २८ हजार ९७५ सदर भएको निर्वाचन आयोगले जनाएको छ। 

उपमेयरमा निर्वाचित भएकी एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत प्राप्त गरेकी छिन्। उनले प्राप्त गरेको मत सदर मतको ५३.२० प्रतिशत हो।

उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्। उपमेयरमा खसेको मतको १८.४६ प्रतिशत हो।

त्यस्तै, स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले पनि जमानत जोगाएकी छिन्। उनले १३ हजार ६९५ मत पाइन् जुन सदर मतको १०.६२ प्रतिशत हो। उनलाई निर्वाचन आयोगले आँखीझ्याल चुनाव चिन्ह दिएको थियो।

जेठ १३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.