नेकपा एमालेले अजम्वर राईलाई जिल्ला समन्वय समिति मोरङको प्रमुख बनाउने निर्णय गरेको छ।
यस्तै, उपप्रमुख भने उषा झालाई बनाउने भएको छ। आज बसेको पदाधिकारीको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको एमाले मोरङले जनाएको छ।
राई सुन्दर हरैचा र उषा रंगेली नगरपालिकाकी हुन्। उनीहरुलाई जिससमा पठाउने निर्णय गरेको पार्टी सचिव रुपेश खतिवडाले जानकारी दिए।
राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन्। उषा भने अनेमसंघमा जिल्ला कमिटी सदस्य हुन्।
१७ वटा पालिका रहेको मोरङका एमालेको बहुमत छ। दुवै जना स्वत निर्वाचित हुनेछन्।
366
Shares
प्रतिक्रिया