ad ad

राजनीति


प्रतिपक्षले बोल्न नदिएको भन्दै सांसदले सभामुखलाई बुझाए तालाचाबी

प्रतिपक्षले बोल्न नदिएको भन्दै सांसदले सभामुखलाई बुझाए तालाचाबी

नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:५०, काठमाडौँ

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले सभामुखलाई ताला चाबी बुझाएका छन्। 

प्रतिपक्षको हिजोको हर्कत हेर्दा बोल्न नपाइने हो कि भन्ने चिन्ता लागेको बताउँदै सभामुखसमक्ष ताला चाबी बुझाएका हुन्। 

प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले भने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ। आजपनि त्रासमै थिएँ म। अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु।’

प्रतिपक्षी दलले धीत मरुञ्जेल गाली गर्ने र फेरि धीत मरिसकेपछि अवरोध गर्न खोज्ने गरेको उनले बताए। 

‘त्यसो भएको हुनाले उहाँहरूले धीत मरुञ्जेल गाली गर्नुहुन्छ। फेरि, धीत मरेपछि अवरोध गर्न खोज्‍नुहुन्छ, ताला लगाउन खोज्‍नुहुन्छ,’ उनले भने, ‘त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय। तपाईंहरू धीत मरुञ्जेल बोल्नुहोला। त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला।’

उनले प्रतिपक्षी दलकै मनोपोली भएको भन्दै आफूले केही बोल्न नसक्ने बताए। 

‘तपाईंहरुकै मनोपोली छ क्यारे हामीले के भन्नु अब’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .