ad ad

राजनीति


पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिप्रति महेश बस्नेतकाे आपत्ति

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिप्रति महेश बस्नेतकाे आपत्ति

रासस
जेठ २७, २०७९ शुक्रबार ११:२६, धादिङ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद महेश बस्नेतले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको जारी बैठकको शून्य समयमा बोल्दै उनले सरकारले गए रातिबाट लागु हुने गरी गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाएका हुन्। संसद बस्नेतले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई बधाई समेत दिए।  

‘मट्टितेलमा १२ र पेट्रोलमा ८ रुपैयाँ मूल्यवृद्धि गरेको छ। व्यवसाय तालाबन्द गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएकोमा प्रधानमन्त्रीज्यू र आपूर्ति मन्त्रीज्यूलाई हार्दिक बधाई छ,’ उनले सरकारको आलोचना गर्दै भने।

बस्नेतले चालु आर्थिक वर्षमा जस्तै आगामी आर्थिक वर्षमा पनि पूँजीगत खर्च नहुने जिकिर गरे। ‘अब महंगी झन बढ्ने भयो। गत आवमाझैँ यो पटक पनि पूँजीगत खर्च नहुने भयो,’ उनले भने, ‘निर्माण क्षेत्रमामात्रै २५ प्रतिशतले महंगी बढेको छ, अझ बढ्दै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .