ad ad

राजनीति


प्राधिकरणले डेढ वर्षभित्र सबै तार अन्डरग्राउण्ड गर्छ : मेयर शाह

प्राधिकरणले डेढ वर्षभित्र सबै तार अन्डरग्राउण्ड गर्छ : मेयर शाह

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०७९ आइतबार १०:६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। 

काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘अबदेखि काठमाडौंका सबै सरोकारवालाहरु सहकार्य गरेर हिँड्नेछौं,’ उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ। जुनमा महानगरपालिकाको सहकार्य रहनेछ।’

 सडक बत्तीदेखि ढलसम्मका समस्याहरु समाधानका लागि महानगर लागेको भन्दै उनले भने, ‘यसपालि वर्षात्को बेलामा परेको कारणले तुरुन्तै गर्न सकिएन् होला। हामी अनुभूति हुनेगरी काम गर्छौं।’

मेयर शाहले हरेक घरमा रिभर्स बोरिङ गर्नपर्ने प्रस्ताव अघि सारेका छन्।

‘हरेक घरमा रिभर्स बोरिङ गर्न सकियो भने वर्षामा बाढीको सम्भावना पनि कम हुन्छ,’ उनले भने, ‘यसका लागि विभिन्न सम्बन्धित निकायसँग छलफल अघि बढाएका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .