नेकपा माओवादी केन्द्र दोलखा जिल्लाका संयोजक तथा कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले पार्टी केन्द्रको स्पिरिटलाई आफूहरुले समातेको दाबी गरेका छन्।
पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै उनले ‘हाँस्दाहाँस्दै रोएका छौं, रुँदारुँदै हाँसेका छौं’ भन्ने प्रचण्डको भनाइ स्मरण गराए।
‘इन्द्रको अगाडि स्वर्गको बयान भनेझैं, मैले कमरेड प्रचण्डलाई भनेको थिएँ, हामी दोलखेहरु जुट्दा पनि जुरुक्कै हुन्छौं, जुट्न सकेनौं भने हुरुक्कै हुन्छौं भनेका थियौं,’ उनले मञ्चमा रहेका प्रचण्डतर्फ लक्षित गर्दै भने, ‘०७४ मा हामी हुरुक्कै गएका थियौं, अहिले हामी जुरुक्कै भएका छौं। कहीँ अपवादमा केही कमजोरी भयो होला, तर हामीले पार्टी केन्द्रको स्पिरिटलाई पक्डेका छौं।’
पार्टीले दोलखालाई सोझो आँखाले नहेरिदिएको उनको गुनासो थियो। अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउँदै उनले आफूले भेट्न खोज्दा पनि भेट्न नपाएको सुनाए।
Shares
प्रतिक्रिया