राजनीति


आइतवारको बैठकमा नगएका देउवालाई संसदीय समितिले फेरि बोलायो

आइतवारको बैठकमा नगएका देउवालाई संसदीय समितिले फेरि बोलायो

नेपालखबर
असार ५, २०७९ आइतबार १७:१३, काठमाडौँ

आगामी आर्थिक वर्षका लागि प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुपर्ने भएपछि संसद छलेका प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिमा पनि उपस्थित भएनन्। 

आइतवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्रीलाई फेरि बोलाइएको हो। 

समितिले मिति तय भइनसकेको अमेरिका भ्रमण र विवादित  स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतालाई लिएर छलफलका लागि देउवालाई बोलाएको थियो। तर उनले कार्यव्यस्तता भन्दै संसद बैठक जस्तै संसदीय समिति पनि छलेका थिए।

तर उनलाई संसदीय समितिले यी दुई विषयमा छलफलका लागि फेरि बोलाएको हो। समितिले देउवालाई बोलाउने निर्णय लिए पनि बैठकको अर्को मितिबारे केही निर्णय भएको छैन। 

यसअघि आफैंले सम्हाल्दै आएको रक्षा मन्त्रालयका कार्यक्रममाथि जवाफ दिनु परेपछि संसद छल्दै देउवा गैरआवासीय नेपाली संघको कार्यक्रममा गएका थिए। 

आइतवार एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधव कुमार नेपाल बैठकमा पुगेका थिए। त सिंहदरबारस्थित बैठकस्थलमा पुगेका नेपाल देउवा नआउने भएपछि बाहिरिएका थिए। 

यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो। शुक्रबारको बैठकमा विवादित बन्दै गएको एसपीपीबारे छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .