चर्चित टेलिभिजनकर्मी रवि लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता सुनाएका छन्।
राष्ट्रिय सभागृहबाट उनले नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेको घोषणा गर्दै यसका सातवटा मुख्य विशेषता पनि सुनाए।
उनले घोषणाका क्रममा दलको नाम तीन पटक उच्चारण गरे।
घोषणाका क्रममा उनले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताए।
विशेषता :
- प्रारम्भिक निर्वाचन
- बहुसंख्यक युवा (५० प्रतिशत प्लस १)
- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री
- राइट टु रिकल एन्ड राइट टु रिजेक्ट
- डिजिटल डेमोक्रेसी,
- परिवारवाद निषेध
- भ्रातृ संगठन र कार्यकर्तारहित
असार ७, २०७९, मंगलबार
1.1k
Shares
प्रतिक्रिया