आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
बैठकका लागि सम्भावित कार्यक्रम पनि सार्वजनिक गरिएको छ।
महासचिव गौतमका अनुसार आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आव २०७७–७८ पेस गर्ने कार्यसूची छ।
यस्तै उनले नीति तथा अनुष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। साथै प्रधानमन्त्री देउवाले लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
यसैगरी आजको प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिनग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यक्रम छ।
Shares
प्रतिक्रिया