ad ad

राजनीति


एकीकृत समाजवादी लुरे देखिए पनि बाघ हो : खनाल

एकीकृत समाजवादी लुरे देखिए पनि बाघ हो : खनाल

नेपालखबर
असार ११, २०७९ शनिबार १६:३९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचारमा क्रान्तिकारीता भए लुरे देखिने मान्छे पनि बाघ भएर निस्किने बताए।

उनले लेनिनले क्रान्तिकारी विचारले मात्रै क्रान्ति गर्न सक्ने बताएको स्मरण गराए।

उनले आज कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले नेकपा एकीकृत समाजवादी बुर्जुवा शक्तिको प्रतिपक्षीको रूपमा समाजवादी क्रान्तिको बाहक ध्रुवको रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताए।

उनले भने, 'हाम्रो पक्षमा आम जनतामा ह्विम आइरहेकाले क्रान्तिकारी सिद्धान्त, शैली र परम्परा जोगाउँदै समाजवादी क्रान्ति सम्पन्न गर्न तयार रहनुपर्छ।'

उनले यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताए। खनाल भने, 'मोर्चाबन्दी गर्दा समान विचार बीचमा गर्नुपर्छ। हाम्रो जस्तो देशमा बहुआयामिक वर्ग संघर्ष गर्नुपर्ने बेला आएको छ।

किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय अत्याचारका विरुद्ध संघर्ष गर्नुपर्ने छ। चुनावदेखि चुनावसम्म होइन। संसदमा पनि जनताका आवाज उठाउनुपर्छ -अनिमात्र क्रान्तिकारी संसदवादी भइन्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .