ad ad

राजनीति


सबैले मिलेर काम गरे नेपाल समुन्नत र विकसित हुन्छ : प्रधानमन्त्री देउवा

संघ र प्रदेशको निर्वाचन पनि समयमै गर्ने प्रतिवद्धता
सबैले मिलेर काम गरे नेपाल समुन्नत र विकसित हुन्छ : प्रधानमन्त्री देउवा

संसद दिवसमा बोल्दै प्रधानमन्त्री देउवा। तस्बिर : रासस


नेपालखबर
असार १६, २०७९ बिहिबार १३:४४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

६४ औं संसद दिवसको अवसरमा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गरे। 

अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको उनले बताए। 

देउवाले राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे। 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यक्ता औंल्याए। 

‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं’, उनले भने, ‘हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पुर्‍याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो।’

मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास उनले लिए। 

प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .