ad ad

राजनीति


अल्पमतमा परेपछि जसपा छाड्ने तयारीमा बाबुराम भट्टराई

अल्पमतमा परेपछि जसपा छाड्ने तयारीमा बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
असार १६, २०७९ बिहिबार १३:५१, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिएका निर्णायक नेताहरुले साथ छोडेका छन्।

वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव लगायत नेताहरुले डा. भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेको एक नेताले जनाए।

मोहम्मद र प्रदीप बुधबारदेखि अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका हुन्। वरिष्ठ नेता अशोकले पनि उपेन्द्रकै पक्षमा लाग्न ‘ग्रिन सिग्नल’ दिएको ती नेताले बताएका छन्। 

डा. भट्टराई संसदीय दलमा मात्रै होइन, कार्यकारिणी समितिमा पनि अल्पमतमा परेका छन्। जसपामा १९ सांसद छन् भने ३३ जना कार्यकारिणी सदस्य छन्।

बाबुराम भट्टराईको पक्षमा खुलेका मोहम्मद, प्रदीप अशोक लगायतका नेता र उनीहरुको पक्षमा रहेका अन्य नेताहरुले उनी बहुमतमा थिए।

नेताहरुले साथ छोडेपछि उनले पार्टीमा बहुमत गुमाउँदै पार्टी छोड्ने तयारी गरेका छन्।

‘पार्टीमा बहुमत पुर्‍याएर अध्यक्ष बन्ने डा. भट्टराईको योजना पूरा भएन, उहाँलाई उचाल्ने केही साथीहरु पछि हट्नुभयो,’ ती नेताले भने, ‘अशोकजीले पनि उपेन्द्रतिरै रहने निर्णय गरिसक्नुभयो।’

पार्टीभित्र अल्पमतमा परेपछि डा. भट्टराईसहितको टोलीले जसपाबाट बाहिरिने बताएको छ।

बुधबार अध्यक्ष उपेन्द्र यादवलाई भेटेर भट्टराईले जसपामा बस्न नसक्ने बताएको ती नेताले बताए।

उपेन्द्र यादवले आफू निकटका नेताहरुलाई विहीबार ब्रिफिङका लागि बोलाएका थिए।

बाबुराम जीले जसपामा बस्न नसक्ने बताएको उनले ब्रिफिङ गरे।

हिजो उपेन्द्र र बाबुरामजी बस्नुभएको थियो, त्यो भेटमा बाबुरामजीले बस्न सक्दिनँ भन्नुभयो,’ उपेन्द्रको भनाई उधृत गर्दै ती नेताले भने, ‘नयाँ शक्ति र राजपाबाट आउनुभएका साथीहरुलाई मिलाउन गाह्रो छ भन्नुभएछ, कि बस्ने व्यवस्था मिलाउनुस् नत्र बचाउनको लागि निस्किनुपर्ने भयो।’

अहिले पनि उपेन्द्र र बाबुरामबीच निर्णायक छलफल हुने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .