ad ad

राजनीति


अनुपम फुडल्याण्डमा शेखर समूहको बैठक, को को पुगे?

अनुपम फुडल्याण्डमा शेखर समूहको बैठक, को को पुगे?

नेपालखबर
असार १६, २०७९ बिहिबार १७:२५, काठमाडौँ

राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेस नेता शेखर कोइराला समूहको बैठक सुरु भएको छ। बिहीबार अपरान्ह २ बजेदेखि बस्ने भनिएको बैठक साँझ ५ बजेमात्र सुरु भएको छ।

महामन्त्री गगन थापा लगायतका केही नेताहरु ढिलोगरी पुगेपछि बैठक ढिला सुरु भएको हो। 

बैठकमा सहभागी हुन केन्द्रीय सदस्य शेखर काेइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सरिता प्रसाई गाेविन्द पाेखरेल, चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनाेजमणि आचार्य, जगदीशनरसिंह केसीलगायत नेता सहभागी छन्।

यस्तै बैठकमा केन्द्रीय सदस्य सञ्जयकुमार गौतम र प्रतिमा गाैतम पनि उपस्थित छन्। 

बैठकमा पुगेका डा महत बैठक सुरु भएकाे केहीबेरमा बाहिर निस्किएका थिए।

उपसभापति धनराज गुरुङ, बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल, मधु आचार्य काठमाडौं बाहिर छन्। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति कोइराला पक्ष असन्तुष्ट छ।  

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशनलगायत विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको आरोप कोइराला पक्षले लगाएको छ।

बैठकमा कसरी अघि बढ्ने भन्ने रणनीतिबारे छलफल हुने बुझिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .