ad ad

राजनीति


फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

नेपालखबर
असार १६, २०७९ बिहिबार १८:३०, काठमाडौँ

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोसको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्। 

बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन्। 

नेपालका एक मात्र अरब डलरपति चौधरी नवनिर्वाचित राष्टपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन्।

मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन्। 

उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भए। सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए।

नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र सुमधुर बन्ने विश्वास व्यक्त गरे। मार्कोस फिलिपिन्सका १७ औँ राष्ट्रपति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .