ad ad

राजनीति


शेखर समूहको बैठक शुक्रबार दिउँसोसम्मलाई स्थगित

शेखर समूहको बैठक शुक्रबार दिउँसोसम्मलाई स्थगित

नेपालखबर
असार १६, २०७९ बिहिबार १९:३, काठमाडौँ

राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। 

बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अबेर ५ बजे मात्रै सुरु भएको थियो। महामन्त्री गगन थापा करिब २ घण्टा ढिलो पुगेपछि बैठक पनि ढिलो भएको थियो। 

बिहीबारको बैठकमा देशको समसामयिक राजनीति, पाँच दलीय गठबन्धन, देशको आर्थिक अवस्था र संघीय र प्रदेशसभा निर्वाचनबारे छलफल भएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए। 

उनका अनुसार शुक्रबार दिउँसो २ बजे यो बैठक फेरि बस्नेछ। 

बैठकमा सहभागी हुन केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, सरिता प्रसाई गोविन्द पोखरेल, चन्द भण्डारी, रामकृष्ण यादव, किरण यादव, रंजित कर्ण भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसीलगायत नेता सहभागी भएका थिए। 

यस्तै बैठकमा केन्द्रीय सदस्य सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि उपस्थित थिए। बैठकमा पुगेका डा. महत बैठक सुरु भएको केहीबेरमा बाहिर निस्किएका थिए।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति कोइराला पक्ष असन्तुष्ट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .