ad ad

राजनीति


शेखर समूहमा उठ्यो देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’को कुरा

शेखर समूहमा उठ्यो देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’को कुरा

अनुपम फुडल्यान्डमा शेखर कोइराला समूहको बैठक


नेपालखबर
असार १६, २०७९ बिहिबार १९:१४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको बैठक सकिएको छ। 

राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार अपरान्ह बसेको बैठक शुक्रबार दिउँसो २ बजेसम्मलाई स्थगित भएको छ। 

बिहीबारको बैठकमा ‘कन्स्ट्रक्टिभ विद्रोह’को कुरा भएको नेता चन्द्र भण्डारीले जानकारी दिए। 

‘बिहीबारको निष्कर्षमा कन्स्ट्रक्टिभ विद्रोहको कुरा भएको छ। यति शब्द सम्झनुस्। दोस्रो, 'पोलिटिकल' सोचाइमा पनि परिवर्तन भएको छ,’ उनले भने, ‘त्यसको आधारमा हाम्रो विचारधारालाई कसरी अघि लाने भन्नेबारे सबैभन्दा मुख्य कुरा भएको छ।’

भण्डारीले बिहीबारको बैठकमा देशको समसामयिक राजनीति, पाँच दलीय गठबन्धन, खस्किँदो आर्थिक अवस्था र आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको जानकारी दिएका छन्। 

यो बैठकमा चाणक्यले किन चन्द्र गुप्त बनाएका रहेछन् भन्ने विषयबाट आफूहरुले प्रेरणा लिएको उनले बताए। ‘युवा साथीहरुले राखेको कुरा चाणक्यले किन चन्द्र गुप्त बनाएका रैछन भन्ने हामीले प्रेरणा लिएका छौँ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भने।

को को थिए बैठकमा?
बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सह-महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, उद्योगमन्त्री समेत रहेका नेता दिलेन्द्र बडू, सरिता प्रसाई, गोविन्द पोखरेल र चन्द भण्डारी सहभागी थिए। 

यस्तै रामकृष्ण यादव, किरण यादव, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी, सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि बैठकमा उपस्थित थिए। बैठकमा पुगेका डा. महत सुरु भएको केहीबेरमै निस्किएका थिए।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई कोइराला पक्षमा तीव्र असन्तुष्टि छ।

कोइराला पक्षले १४ औँ महाधिवेशनको ६ महिना बितिसक्दा पनि देउवाले पुरानै शैलीमा एकलौटी निर्णय गरिरहेको भन्दै दबाब दिन यो भेला गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .