ad ad

राजनीति


ओली र प्रचण्डपछि वामदेव गौतमले भेटे माधव नेपाल

ओली र प्रचण्डपछि वामदेव गौतमले भेटे माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
असार १७, २०७९ शुक्रबार १०:५, काठमाडौँ

चार दिनअघि (मंगलबार) मात्र नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अन्य कम्युनिस्ट पार्टीका प्रमुखसँग भेटवार्तामा सक्रिय भएका छन्।  

यस क्रममा उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। 

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन्।

नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले नेपालखबरलाई बताएको छ।

बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास (बालकोट) पुगेर भेटेका थिए। 

याे पनि : ​वामदेवको प्रस्तावमा बालकोट चुपचाप, खुमलटार उत्साहित 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .