ad ad

राजनीति


ककनीमा प्रचण्डले अनावरण गरे स्वर्गीय पुत्र प्रकाशको शालिक

ककनीमा प्रचण्डले अनावरण गरे स्वर्गीय पुत्र प्रकाशको शालिक

नेपालखबर
असार १७, २०७९ शुक्रबार १४:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको ककनीमा स्वर्गीय पुत्र साकार दाहाल 'प्रकाश'को शालिक अनावरण गरेका छन्। 

नेपाल पर्वतारोहण संघको पहलमा बनाइएको सगरमाथा आरोही प्रकाशको शालिक अनावरणका क्रममा प्रचण्ड भावुक बने। प्रकाशको २०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमै निधन भएको थियो।

प्रचण्डले शालिक अनावरणपछि बोल्दै यो काम परिवारको आग्रहमा नभएर पर्वतारोहण संघकै पहलमा बनाइएको पनि उनले बताएका छन्। संघले आवश्यकता ठानेर नै सगरमाथा आरोही प्रकाशको शालिक बनाएको पनि उनले स्पष्टीकरण दिए। 

‘यो ठाउँमा स्वर्गीय पुत्र साकारको शालिक बनाउने कुरामा केही अफ्ठ्यारो महसुस गरेको थिएँ। यो शालिकले कसैको परिवारलाई जोड्ने नभएर सगरमाथासहित ८ हजार मिटर अग्ला हिमाल चढेका आरोहीहरुको प्रतिनिधित्व गरेको छ', उनले भने, 'देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणका लागि योगदान दिएका व्यक्तिलाई यसले जोड्ने काम पनि गर्छ। पर्वतारोहण संघले शालिक बनाउँदा राम्रो हुने भनेपछि तयार भएको हुँ। हाम्रो आग्रहले होइन।’

उनले आफूहरु युद्ध प्रक्रियाबाट आएको बताउँदै युद्धमा त्याग र तपस्याको कीर्तिमान राख्न सक्नेले शान्तिका लागि पनि काम गर्न सक्ने बताए। 

'हामी युद्धका लागि मात्रै होइन शान्तिका लागि पनि काम गर्न सक्छौँ', उनले भने, 'आर्थिक विकासलाई गति दिन पनि मैले पहिले नै ककनी आउने यो बाटो बन्नुपर्छ भनेको थिएँ, त्यही अनुसार काम पनि भएको रहेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .