नवगठित दल नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गर्यौं भनेर दाबी गर्ने सो पार्टीका ५ जना केन्द्रीय सदस्यलाई गाैतम पक्षले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।
शनिबार संयोजक गौतमको अध्यक्षतामा बसेको नेकपा एकता राष्ट्रिय अभियानको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, मीननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको जनाइएकाे हो।
अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले आइतबार विज्ञप्ति जारी गरी संयोजक नै हटायौं भनेर उनीहरुले अराजक गतिविधि गरेको आरोप लगाएका छन्।
हेर्नुहोस् ५ नेताविरुद्धको विज्ञप्ति :
असार १९, २०७९, आइतबार
प्रतिक्रिया