विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बताएका छन्।
हार स्वीकार गर्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
‘वैचारिक विमतिहरूलाई म सदा झैँ शिष्टतापूर्वक ग्रहण गर्नेछु। हार स्वीकार गर्नेछु तर लोकतान्त्रिक प्रकृयाबाट भाग्ने छैन्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा मेरो साथ रहिरहनेछ।’
मिश्रले आफू पछि नहटेको भन्दै अझ स्पष्टरुपमा एक कदम अघि बढ्ने टिप्पणी गरेका छन्।
‘म पछि हटेको छैन, बरू पहिलेभन्दा अझ स्पष्टरूपमा एक कदम अघि बढ्नेछु,’ उनले भनेका छन्, ‘आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम हुँदो रहेछ, राजनीति गर्नु पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो।’
Shares
प्रतिक्रिया