ad ad

राजनीति


संघीयताकाे ‘फ्याक्ट्री’ बन्द नगरे देश श्रीलंकाको बाटोमा : केसी

संघीयताकाे ‘फ्याक्ट्री’ बन्द नगरे देश श्रीलंकाको बाटोमा : केसी

नेपालखबर
असार २०, २०७९ सोमबार १८:९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश श्रीलंकाको बाटोमा जाने चेतावनी दिएका छन्। 

राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा भएको महँगी तथा भ्रष्टाचार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयताका नाममा खोलिएका फ्याक्ट्रीहरु बन्द हुनुपर्ने बताए।

‘संघीयताका नाममा खोलिएका फ्याक्ट्रीले जनताको ढाड सेक्ने काम गरेका छन्। अनावश्यक खर्चले देशमा महँगी र भ्रष्टाचार बढाइएको छ’ केसीले भने, ‘छिटो संघीयता खारेज नगरे देश श्रीलंका बन्नबाट कसैले रोक्न सक्दैन।’

सरकारले देशमा कृषि उत्पादन बढाउन ध्यान नदिँदा व्यापार घाटा बढेर देश कंगाल भएको केसीले बताए। किसानलाई समयमै मल र बीउ दिन नसक्नु सरकारको नकामी भएको उनको धारणा छ।

अध्यक्ष केसीले एमसीसी पास गरिसकेपछि फेरि एसपीपीका नाममा अमरिकी सेना भित्र्याउन खोजेको आरोप पनि लगाए। 

देशको राष्ट्रियता, गणतन्त्र तथा सार्वभौमिकता खतरामा परेको केसीले औँल्याए।

कार्यक्रममा राजमो जिल्ला अध्यक्ष बद्रे आलम, सचिव टान बहादुर केसी र नेता लाल बहादुर पन्त लगायतले सम्बोधन गरेका थिए।

‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेजीको लागि संघर्ष गरौं’ भन्ने मूल नारा सहित राजमोले देशका विभिन्न भागमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .