काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ।
बैठक भोलि बुधबारसम्मको लागि स्थगन गरिएको हो।
आइतबार र सोमबार २ दिन लगातार बसेको माओवादी केन्द्रको बैठक आज सकाउने तयारी थियो। बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
तर अब बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी तयारी भइरहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
सम्भवतः आज वाम एकताबारे माओवादी केन्द्रको केन्द्रीय कार्यालयका विस्तारित बैठक बस्नेछ।
असार २१, २०७९, मंगलबार
117
Shares
प्रतिक्रिया